मकवानपुर थाहानगरमा सामाजिक कार्यमा क्रियाशील पालुङ जेसिज सप्ताहको समापन तथा सम्मान समारोह सकिएको छ । पालुङ जेसिज सभाहलमा १५ मंसिरमा एक समारोहकाबीच सप्ताह समापन गरिएको हो । नेपाल सरकारका प्रमुख सचेतक तथा मकवानपुर–२ का संसद महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी बर्तौलाले पालुङ जेसिजले सामाजिक नेतृत्व विकासको काममा ठूलो योदान पुर्याएको बताए । बर्तौलाले जेसिज शासन व्यक्तिको नभै विधिको हुनुपर्ने ‘थिम’मा अघि बढ्ने हुँदा आफू संघीय सरकारको ‘ल मेकर’ को रुपमा प्रतिनीधित्व गर्ने जनप्रतिनीधि भएकोले कानून निर्माणका विषयमा सुझाव दिन आग्रह गरे । ‘म चुनाव नजितुनजेलसम्म नेकपा एमालेको उमेद्वार भएको बताउँदै अब सबै पार्टीको संसद भएको छु, सबैले सुझाव दिनूस म त्यही अनुसार कानून निर्माणमा अघि बढ्छु ।’ बर्तौलाले भने–‘संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय अभाव भएकै कारण विकासले गति लिन सकेको छैन, यो समन्वय आजको आवश्यकता हो ।’

उनले जेसिज सबैको साझा सामाजिक ‘प्लेटफार्म’ भएकोले सामाजिक सशक्तीकरणको माध्यमका रुपमा अघि बढाउनुपर्ने धारणा राखे । युवाहरुको साझा संस्था जेसिजका लागि आफू जहिल्यै सहयोग र सहकार्य गर्न तत्पर रहेको सांसद बर्तौलाको भनाइ थियो । कार्यक्रममा जेसिज सप्ताहका मूल कार्यक्रम संयोजक मानसिंह दोङले स्वागत गर्दै सप्ताहव्यापी कार्यक्रमको प्रगति विवरण कार्यक्रममा सुनाएका थिए । कार्यक्रममा नेपाल जेसिजका उपाध्यक्ष राजाराम गौतम, पूर्व जेसिज अध्यक्षहरु मध्येबाट सुरेन्द्रमान प्रधान, राजनीतिकदलहरुको तर्फबाट नकपा (माओवादी केन्द्र) थाहानगर सचिव लक्ष्मण विष्ट, पालुङ जेसिजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, मकवानपुरगढी जेसिजका अध्यक्ष विजय पुडासैनी, हेटौंडा जेसिजका अध्यक्ष विकेशलाल श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा सप्ताहव्यापी कार्यक्रमका सहभागी तथा विजयीहरुलाई प्रमुख अतिथी बर्तौला र अन्य अतिथीहरुले स.युक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

पालुङ जेसिज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको समारोहमा थाहानगरमा रहेर विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा स्वास्थ्यतर्फ थाहा–३ की मधुमाया तामाङ, थाहा–१ की सुनमाया गोपाली छन् । तामाङ वि.सं. २०५२ र गोपाली वि.सं. २०४६ सालदेखि निरन्तर सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवारत छन् ।

त्यसैगरी कृषितर्फ थाहा–३ गोपालीगाउँका विकेश गोपाली र थाहा–६ का तेज बहादुर उप्रेती सम्मानित भएका छन भने शिक्षातर्फ थाहा–१ का कृष्णमान श्रेष्ठ छन् । श्रेष्ठ वि.सं. २०६२ सालदेखि निरन्तर २०८१ साल मंसिर १४ गतेसम्म सेवामा थिए । उनी पालुङ जेसिज वर्ष २००७ को अध्यक्ष समेत हुन् । त्यसैगरी पर्यटनतर्फ थाहा–४ दामन स्थित गौरी शंकर होटलका सञ्चालक शिव कुमार खत्री र थाहा–९ चित्लाङ स्थित नेपालकै पहिलो बाख्राको चिज उत्पादक अशोक सिं ठकुरी सम्मानित भएका छन् ।

त्यस्तै खेलकुदतर्फ दक्षिण एसियन खुल्ला अन्तराष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण पदक विजेता सुस्मिता दोङ, आशा तामाङ र प्रमिला थोकरलाई समेत समारोहमा सम्मान गरिएको छ ।

कार्यक्रममा पालुङ जेसिजका पूर्व अध्यक्षहरु, सिमरा जेसिजका अध्यक्ष लक्की रिमाल, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर विष्ट, पालुङ प्राथमिक स्वासथ्य केन्द्रका डाक्टर पवन कार्की, च्वाइस नेपालका कुल प्रसाद तिवारी, थाहा स्काउट संयोजक गणेशमान श्रेष्ठ, फरकसोच संयोजक यादवजंग रायमाझी, पालुङ क्याम्पस प्रमुख राजन मिश्र, थाहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज थिङ, पालिकाका विभिन्न् शाखाप्रमुखहरु तथा स्थानीय संघस.स्था र राजनीतिक दलका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।

पालुङ जेसिज सप्ताहको समापन तथा सम्मान समारोह कार्यक्रम शाखा सम्पादक अञ्जय प्रधानको संयोजकत्वमा भएको कार्यक्रम पालुङ जेसिज वर्ष २०२४ का महासचिव विक्रम गोपालीले सञ्चालन गरेका थिए ।

फोटोहरुः श्रीकृष्ण श्रेष्ठ/पालिका प्रेस

श्रीकृष्ण श्रेष्ठ
थप जानकारी