मकवानपुरका गठबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच अहिलेका ६ स्थानीय तहमा सोही पार्टीलाई नै दिने विषयमा सहमति भएको छ । जस्तो नेपाली कांग्रेसले वकैया र राक्सिराङ गाउँपालिका, नेकपा माओवादी केन्द्रले बागमती गाउँपालिका र थाहा नगरपालिका, नेकपा (एकीकृत समाजवादी)ले कैलाश र ईन्द्रसरोवर गाउँपालिका लिने विषयमा तीनै दल सहमत छन् ।
यसपछिको बाँकी ४ स्थानीय तहमा हेटौँडा उपमहानगरपालिकासहित देशभरका ११ उपमहानगरपालिका केन्द्रीय कार्यदलले जसलाई दिए पनि मान्य हुने गठबन्धनमा सहमति बनेको छ ।
हेटौँडामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को दाबी छ । यसपछिको मनहरी, भीमफेदी र मकवानपुर गढी गाउँपालिका तीन दलले एक–एक वटा लिन तयार छन् । त्यहाँ पनि मनहरीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को दाबी कायमै छ । नेकपा (एकीकृत समाजवादी)ले हेटौँडा लिए मनहरी आफूहरुले पाउनु पर्ने कांग्रेसको दाबी छ । माओवादीको मनहरीमा अध्यक्षसहित अन्यमा उपप्रमुख पाउनु पर्ने दाबी छ ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्