हेटौंडा उपमहानगरपालिकामा गत स्थानीय निर्वाचनमा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा थियो, तर बाजी एमालेले मा¥यो । एमालेका उम्मेदवार हरिबहादुर महत २३ हजार १२४ मत ल्याएर निर्वाचित भए । माओवादी केन्द्रको समेत समर्थन पाएका कांग्रेस उम्मेदवारले २२ हजार ५०९ मत ल्याए ।

गठबन्धन आवद्ध दलका उम्मेदवारले मेयरमा पाएको मत २३ हजार ६१५ पुग्छ । यो एमालेले प्राप्त गरेको मतभन्दा ४९१ मत कम हो । यसपटक एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग तालमेल गरेको छ ।

गत चुनावमा राप्रपाले ६ हजार ८५७ मत प्राप्त गरेको थियो । यसरी हेर्दा एमाले गठबन्धनको उम्मेदवारका लागि यो चुनावमा थप अनुकूलता देखिन्छ ।

वडाध्यक्षका उम्मेदवारहरुको मत हेर्दा पनि हेटौंडा उपमहानगरमा एमाले गठबन्धन बलियो देखिन्छ । एमालेका उम्मेदवारहरुले २१ हजार ७०९ मत ल्याउँदा काँग्रेस गठबन्धनले २८ हजार ३१५ मत ल्याएको देखिन्छ । एमाले एक्लै उभिँदा ६ हजार ६०६ मत ल्याए पनि राप्रपा नेपालका वडाध्यक्षहरुले प्राप्त गरेको मत ७ हजार ५४ देखिन्छ । यद्यपि, राप्रपा र एमाले विभाजनले यो हिसाबकिताब प्रभावित भने हुनसक्छ ।

पालिका प्रेस
थप जानकारी