मकवानपुरको राक्सिराङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । इन्द्रसरोवरमा भने अर्का एक जना घाइते भएका छन् । ७ वैशाख गएराती बर्षासँगै परेको चट्याङ लागेर घाइते भएका मकवानपुरको राक्सिराङ– ८ गोङरेङमा ६५ बर्षीय जीतबहादुर गोलेको मृत्यु भएको हो ।

उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो र उपचारका लागि मनहरी ल्याइएको थियो । उनको उपचारको क्रममा रातिनै मनहरी स्वास्थ्य केन्द्रमा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

त्यसैगरी ७ वैशाख साँझ परेको चट्याङ लागेर इन्द्रसरोवर–२ मा एक महिलाको घाइते भएकी छिन् । चट्याङ लागेर ६० बर्षीय ठुलीमाया रुम्बा घाइते भएकी छिन् । उनको ललितपुरमा रहेको पाटन अस्पतालमा उपचार भइरहेको डिएसपी कार्कीले बताए ।

पालिका प्रेस
थप जानकारी