स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा निर्वाचन मुख्य अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । देशका ७७ वटै जिल्लाअन्तर्गत रहेका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएसंगै मकवानपुरमा पनि कार्यालय स्थापना भएको हो ।
८ वैशाखमा हेटौंडा उपमहानगरपालिका २ मा मुख्य निर्वाचन अधिकृत कार्यालय उद्घाटनमा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका प्रमुख भरतमणि पाण्डे, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा लगाएतको सभागिता रहेको थियो ।
यसैगरि, मकवानपुरको दशै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएको छ ।
यसैबीच मकवानपुरमा आउँदो बैशाख ३० गते हुने स्थानीय चुनावमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले २९ बैसाख २०७९ सम्म १८ वर्ष पूरा भएका नागरिकलाई समावेश गरेर अन्तिम नामावली अनुसार मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जनाले मतदान गर्न पाउने भएका हुन् । जसमा १ लाख ४९ हजार ९ सय ५४ जना पुरुष, १ लाख ४४ हजार ९ सय ५९ जना महिला र अन्यमा ६ जना मतदाता रहेका छन् ।
जिल्लाको १० वटा स्थानीय तह मध्ये सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । हेटौंडामा ५० हजार ७ सय २५जना पुरुष,५३ हजार ७ सय ४५ महिला र ३ जना अन्य गरि १ लाख ४ हजार ४७३ जना मतदाता रहेका छन् ।
यसैगरि सबैभन्दा कम मतदाता इन्द्रसरोबर गाउँपालिका भित्रका रहेका छन् । यहाँ ६ हजार ४६५ जना पुरुष र ६ हजार ६ जना महिला गरेर १२ हजार ४ सय ७१ जना मतदाता रहेका छन् ।
यसैगरि, जिल्लाको थाहा नगरपालिकामा १६ हजार ६ सय ९९ जना पुरुष, १५ हजार ६ सय ७ जना महिला र १ जना अन्य गरेर जम्मा ३२ हजार ३ सय ७ मतदाता रहेका छन् । जिल्लाको बकैया गाउँपालिकामा १५ हजार ५ सय ९३ जना पुरुष,१४ हजार ३ सय ४८ जना महिला र २ जना अन्य गरेर जम्मा २९ हजार ९ सय ४३ जना मतदाता रहेका छन् ।
यसैगरि,बागमती गाउँपालिकामा ११ हजार १ सय ९० जना पुरुष र १० हजार ८ सय ५० महिला गरेर २२ हजार ४० मतदाता रहेका छन् । आयोगका अनुसार भीमफेदी गाउँपालिकामा ८ हजार ९ सय ३५ जना पुृरुष र ८ हजार ४ सय ९३ जना महिला गरेर १७ हजार ४ सय २८ जना मतदाता रहेका छन् ।
जिल्लाको मनहरी गाउँपालिकामा १३ हजार ७ सय ९ जना पुरुष र १३ हजार १२ जना महिला गरेर २६ हजार ७ सय २१ जना मतदाता रहेका छन् । जिल्लाको मकवानपुरगढी गाउँपालिकामा ९ हजार ८ सय ९९ जना पुरुष र ९ हजार २ सय १९ जना महिला गरेर १९ हजार १ सय १८ जना मतदाता रहेकाछन् । राक्सिराङमा ८ हजार ७ सय ४७ जना पुरुष र ७ हजार ८५ जना महिला गरेर १५ हजार ८ ३२ जना मतादाता रहेका छन् ।
यसैगरि, िजल्लाको कैलाश गाउँपालिकामा ७ हजार ९ सय ९२ जना पुरुष र ६ हजार ५ सय ९४ जना महिला गरेर १४ हजार ५ सय ८६ जना मतदाता रहेको आयोगले जनाएको छ ।
गएको स्थानीय तह निर्वाचन २०७४ मा मकवानपुरको मतदाताको संख्या २ लाख २७ हजार ७ सय ५९ थियो ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्