पालुङ जेसीज वर्ष २०२२ को जेसीज सप्ताह कार्यक्रमको अन्तर्गत २४ कात्तिकमा ‘लागु पदार्थ दुव्र्यशनी विरुद्ध जनचेतनामुलक कार्यक्रम तथा ट्राफिक नियम सम्बन्धी सचेतना’ कार्यक्रम भएको छ ।

कार्यक्रम थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माविमा अध्ययनरत कक्षा ११/१२ का विद्यार्थीहरूलाई सहभागी गरा।ई संचालन गरिएको थियो । सहभागी विद्यार्थीहरुलाई ईलाक प्रहरी कार्यालय पालुङका प्रहरी प्रमुख दुर्गा खनालले सहजीकरण गरेका थिए । पालुङ जेसीज वर्ष २००५ का अध्यक्ष सानोभाई कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा पालुङ जेसीज वर्ष २०१२ का शाखा अध्यक्ष तथा पालुङ सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष धर्मलाल प्रधान, वर्ष २०२० का शाखा अध्यक्ष तथा वर्ष २०२२ का प्रमुख बोर्ड सल्लाहकार मनोज रायमाझी, वर्ष २०२२ का निवर्तमान अध्यक्ष नवराज लामालगायतकाको आतिथ्यता रहेको थियो।

सप्ताहव्यापी कार्यक्रममा पालुङ जेसीज वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष तथा यस सप्ताहव्यापी कार्यक्रमका मुल कार्यक्रम संयोजक जेसी सञ्जय गोपाली, वर्ष २०२२ का उपाध्यक्ष तथा सह–मुल कार्यक्रम संयोजक जेसी अञ्जय प्रधान र कार्यक्रम संयोजक अजय कार्कीलगायत अन्य जेसिज सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम पालुङ जेसीज वर्ष २०२२ का शाखा अध्यक्ष जयराम खत्रीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको विषयमा कार्यकारिणी उपाध्यक्ष तथा मुल कार्यक्रम संयोजक सञ्जय गोपालीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्यको विषयमा जानकारी गराएका थिए । कार्यक्रम पालुङ जेसीजका महासचिव निरज रायमाझीले संचालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी