मकवानपुरको हेटौंडामा दृष्टिबन्धकीबाट पीडित एकजनाले आफ्नो जग्गा फर्ताको माग गर्दै धर्ना दिएका छन् ।हेटौंडाका जगतबहादुर सुनारले व्यवसायी नियमराज शाक्यविरुद्ध शाक्यको बुद्धचोक स्थित घरमा जग्गा फिर्ताको माग गर्दै धर्ना दिएका हुन् ।

तत्कालिन समयमा व्यवसायी शाक्यले दृष्टिबन्धकीको नाममा आफु र आफ्नो बाबु पदमलाल सुनारलाई जालझेल गरेर जग्गा राजिनामा पत्रमा हस्ताक्षर गराएर लिएको ११ कठ्ठा १६ धुर जग्गा फिर्ताको लागि आफु धर्ना बस्न बाध्य भएको पीडित सुनारले बताए ।

२७ कात्तिकमा सुनारसँगै उनको छिमेकी र सामाजिक अभियन्ताहरुले व्यवसायी शाक्यको घरमा धर्ना दिएका थिए ।पीडित सुनारले धर्ना दिँदा पनि शाक्यले जग्गा फिर्ता नगराए आमरण अनशन बसेर भएपनि न्याय माग्ने बताएका छन् ।

पालिका प्रेस
थप जानकारी