नेपाल पब्लिक क्याम्पस संघको कोषाध्यक्षमा पालुङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र सर्वसम्मत निर्वाचित भएका छन् । सामुदायिक क्याम्पसहरुको छाता संस्था नेपाल पब्लिक क्याम्पस संघको काठमाण्डौंमा भएको १२ औं राष्ट्रिय अधिवेशनबाट क्याम्पस प्रमुख मिश्र कोषाध्यक्षमा सर्वसम्मत भएका हुन् । महाधिवेशन काठमाण्डौंमा २४ र २५ चैतमा भएको थियो ।
महाधिवेशनले शिक्षा क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ता अध्यक्षमा निर्वाचित भए भने उपाध्यक्षमा प्रदिप कुमार कटुवाल, लोकराज भण्डारी, धर्मदेव भट्ट, महासचिवः गोविन्द बहादुर कार्की, उपमहासचिवः नेत्र बहादुर न्यौपाने, टंक पौडेललगायत निर्वाचित भएका छन् । त्यसैगरी कोशी प्रदेश संयोजकमा टिकाराम गुरुङ, मधेस प्रदेश संयोजकमा किशोर कुमार साह, बागमती प्रदेश संयोजकमा शैलेन्द्र कुइकेल, गण्डकी प्रदेश संयोजक ऋषिराम बुढाथोकी, लुम्बिनी प्रदेश संयोजकमा कृष्ण खनाल, कर्णाली प्रदेश संयोजकमा तेज बहादुर मल्ल र सुदुर पश्चिम प्रदेश संयोजकमा इन्द्रबहादुर सोडारी निर्वाचित भएका छन् । केन्द्रीय सदस्यहरुमा अम्बिका रुपाखेती, गणेशमान गिरी, राजन श्रेष्ठ, गणेश कुमार चौधरी, खिमराज घिमिरे, केशब प्रसाद तिमिल्सिनालगायत छन् ।
देशभर ५ सय ३४ वटा सामुदायिक क्याम्पस छन् । महाधिवेशनको एक समारोहकाबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले उउद्घाटन गरेका थिए ।
















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्