साँकेतिक फोटो ।

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधीन थाहा बसपार्क संचालनमा नआएको भन्दै स्थानीयले बसपार्क संचालनको माग गर्दै नागरिकहरुले स्वतस्फुर्त रुपमै थाहा बसपार्क व्यवस्थापन समिती गठन गरेका छन ।

थाहानगरको गौरवको आयोजना बसपार्कमा बनेको संरचना संरक्षण नहुँदा भत्किइसकेको तथा बसपार्क संचालन गर्न आवश्यक संरचना तयार हुँदा समेत बसपार्क संचालनमा नगरपालिकाको ध्यानाकर्षण नभएको भन्दै स्थानीयले बसपार्क संरक्षण र संचालनको निम्ति व्यवस्थापन समिती गठन गरेका हुन।

रामराजा केसीको अध्यक्षतामा ११ सदस्यीय बसपार्क व्यवस्थापन समिती गठन गरिएको समितिका सचिव ज्ञानेन्द्र अधिकारीले जानकारी दिए । नव गठित व्यवस्थापन समितिको उपाध्यक्षमा कुमार खत्री, सचिव ज्ञानेन्द्र अधिकारी, कोषाध्यक्ष अमिता केसी विष्ट तथा सदस्यहरुमा हरीकृष्ण केसी, लवकुमार केसी, नवीन अधिकारी, देशराज केसी, सर्मिला अधिकारी, बिन्दा केसी र सुनिता अधिकारी रहेका छन भने श्रीकृष्ण केसीको संयोजकत्वमा ४ सदस्यीय सल्लाहकार समिती समेत चयन गरियको छ । जस्को सदस्यमा अजित खत्री, पुरुर्षोत्तम केसी र संग्राम बिष्ट रहेका छन ।

नव गठित बसपार्क व्यवस्थापन समितीलाई दर्ताको लागि संम्बन्धित निकायमा पहल गरिने निर्णय गरिएको सचिव ज्ञानेन्द्र अधिकारीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी