मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि सिस्नेरीस्थित वत्सलादेवी माविले हात पारेको छ । ईन्द्रसरोवरस्थित हेभी खेल मैदानमा भएको प्रतियोगितामा वत्सलादेवी मावि ५ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेर प्रथम भएको थियो । उसले रनिङशिल्डसहित ३० हजार रुपैयाँ हात पारेको छ ।
प्रतियोगितामा ५ स्वर्ण ४ रजत र ४ कास्य पदक जितेर कालिका मावि द्वितीय भएको छ । उसले २० हजार रुपैयाँ नगद पाएको छ । ५ स्वर्ण ३ रजत र १ कास्य पदक हात पारेर महाचुनी मावि तृतीय हुन सफल भएको छ । महाचुनी माविले १० हजार रुपैयाँ प्राप्त गरेको छ ।
१९ माघदेखि संचालित उक्त प्रतियोगितामा पालिकाका ६ वटा माविका २५० जना छात्रछात्रा सहभागी थिए । प्रतियोगिताका विजयी खेलाडी र विद्यालयलाई गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले पुरस्कार वितरण गरेका थिए ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्