थाहा नगरस्तरीय दोस्रो रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधि मत्स्यनारायण माध्यमिक विद्यालयले जितेको छ । थाहा नगरपालिकाको जनकल्याण माविमा ८ फागुनमा भएको फाइनल खेलमा मत्स्यनारायण मावि सोल्टुले स्वच्छन्द भैरव माध्यमिक विद्यालय चित्लाङलाई पराजित गर्दै उपाधि जितेकोे हो । प्रतियोगिता नेपाल राष्ट्रिय शिक्षक संगठनको आयोजनामा ६ फागुनबाट शुरु भएको थियो ।
प्रतियोगितामा विजेता भएसँगै मत्स्यनारायण माविले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता स्वच्छन्द भैरव माविले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सान्त्वना स्थान हासिल गर्ने नाट्यश्वर मावि र सुन्दरीदेवी माविले नगद ५–५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेता तथा उपविजेता टिमहरुलाई थाहा नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी विष्णु बहादुर विष्टले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तान, शिक्षा शाखा अधिकृत सूर्य थिङ, शिक्षा समिति सदस्य हरिकृष्ण कार्की, संगठनका जिल्ला सदस्य रुपचन्द्र गोपाली, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने लगायतको उपस्थिति रहेको थियो।
पुरस्कार वितरण कार्यक्रम शिक्षक संगठनका नगर अध्यक्ष मनोज लामिछानेको सभाध्यक्षतामा भएको थियो । प्रतियोगितामा थाहा नगरपालिकाभित्रका १४ वटा विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा मत्स्यनारायण माविका साहिल तामाङ उत्कृष्ट खेलाडी घोषित भए भने समीर नापित उत्कृष्ट सेटर र स्वच्छन्द भैरवका पिताम्बर घिमिरे उत्कृष्ट स्पाइकर घोषित भए ।

















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्