स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन सम्बद्ध दलहरुबीच साझा उमेद्वार बनाउने विषयमा २१ चैतमा बैठक हुँदैछ । नेकपा माओवादी केन्द्र थाहानगरको पार्टी कार्यालयमा बैठक हुने भएको हो । बैठक विहान ७ बजे तय गरिएको हो ।

गठबन्धनको पहिलो बैठक १९ चैतमा नेपाली काँग्रेस थाहानगरको कार्यालयमा बैठक भएको थियो । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेकपा एमाले विरुद्ध सत्ता गठबन्धनका दलहरु चुनावी तालमेलसहित अघि बढ्ने केन्द्रको निर्णय अनुसार थाहानगरमा पनि दलहरुबीच बैठक भएको हो ।

थाहानगरको गठबन्धनको २१ चैतको बैठकमा आ–आफ्नो पद दाबी गर्ने एजेण्डा रहेको छ । गठबन्धनका एक सदस्यले भने–‘आजको बैठकमा पद दाबी गर्छौ, गठबन्धनको तातो बहस आजैबाट शुरु हुन्छ ।’

यसअघि १९ चैतमा भएको बैठकमा नेपाली काँगेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी थिए । बैठक थाहानगर काँग्रेस सभापति प्रमोद कृष्ण जोशीको अध्यक्षतामा भएको थियो ।

यो पनि पढ्नुहोस्

थाहाको ५ वटा वडामा दोस्रो भएको काँग्रेसले कति वडा पाउला ?

पालिका प्रेस
थप जानकारी