मकवानपुर थाहा नगरपालिकाको सहयोगमा एकहप्ते आधारभूत पत्रकारिता तालिम भएको छ । थाहा टाइम्स मिडिया प्रा.लि.को आयोजनामा १६ चैतबाट शुरु भएको पत्रकारिता तालिम २२ चैतमा एक कार्यक्रमकाबीच समापन गरिएको हो । तालिममा २५ जनाको सहभागिता रहेको थियो ।
पालुङ बहुमुखी क्याम्पसमा भएको तालिम समापन कार्यक्रममा क्याम्पस प्रमुख रामहरी अधिकारीले स्नातक अध्ययनरत मानविकी संकायका विद्यार्थीको पाठ्यक्रममा समेत रहेको पत्रकारिता विषयलाई अध्ययन गर्न तालिमले सहज बनाएको बताए । विद्यार्थीहरुलाई देशको चौथो अंग पत्रकारिता पेशामा अगाडि बढ्न तालिम कोशेढुङ्गा साबित हुने बताउदै सहभागीहरुलाई शुभकामना दिए । थाहा नगरपालिका सूचना अधिकारी सुरज कुमार भुजेलले तालिम पश्चात् प्रमाणपत्र झुण्ड्यार नराखी सीपलाई व्यवहारमा उतार्न सुझाव दिए । उनले नगरमा संचालिन संचार माध्यममा प्रशिक्षार्थी भई काम गर्ने इच्छा भए त्यसका लागि पालिकाले संचार गृहसंग समन्वय गरिदिने बताए । उनले हाल संचार गृहमा भएको जनशक्ती अभावलाई रोजगारीसंग जोड्न तालिमले सहयोग गर्ने धारणा राखे ।
तालिम संयोजक तथा पत्रकार शम्भु अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा पालुङ क्याम्पसका सहायक क्याम्पस प्रमुख राजन मिश्र, मुख्य प्रशिक्षक पत्रकार कुमार नेगीले सहभागीहरुलाई शुभकामना दिएका थिए भने सहभागीहरुले सिकेको सीपका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्