नेकपा एमालेले मकवानपुर इन्द्रसरोवर गाउँपालिकामा देवकृष्ण पुडासैनीलाई अध्यक्षको उमेद्वार उठाउने निर्णय गरेको छ । नेकपा एमाले इन्द्रसरोवर गाउँ कमिटिको बैठकले पुडासैनीलाई अध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत निर्णय भएको एमालेले जनाएको छ । उपाध्यक्षको उमेद्वार भने अझै टुङ्गो लागेको छैन ।
त्यसैगरी इन्द्रसरोवर गाउँपालिकाको वडा अध्यक्षहरु पनि ३ र ५ नम्बर बाहेक अन्य वडामा एमालेले उमेद्वार टुङ्गो लगाएको छ । वडा नम्बर १ मा राजु बस्नेत, २ मा बैकुण्ठ थापा, ४ मा चन्द्र कुमार बललाई एमालेले वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ ।
वडा नम्बर ३ मा भने चारजना आकांक्षी देखा परेका छन् । ३ नम्बर वडामा हालका वडा अध्यक्ष चिरन्जीवी पौडेल, हाल वडा सदस्य रहेका वसन्त थापा, एमाले ३ नम्बर वडा अध्यक्ष राजन कुमार ठकुरी र तिलक बहादुर रेग्मीले अध्यक्षमा उमेद्वार दाबी गरेका छन् । त्यस्तै वडा नम्बर ५ मा राजु लामा र अनिश लामाको वडा अध्यक्षको उमेद्वारीमा दाबी पेश गरिएको छ ।
५ वटा वडा रहेको इन्द्रसरोवर गाउँपालिकामा वि.सं. २०७४ को स्थानीय पालिका निर्वाचनमा वडा नम्बर १ बाहेक सबै वडा नेकपा एमालेले अध्यक्षसहित सदस्य र पालिका अध्यक्ष तथा उपाध्यक्ष जितेको थियो । वडा नम्बर १ भने नेपाली काँग्रेसले जितेको थियो ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्