एसईई परीक्षाका परीक्षा केन्द्रहरु तोकिएको छ । आउँदो बैशाख ९ गतेदेखि संचालन हुने परीक्षाका केन्द्र तोकिएको हो । थाहानगरमा जनकल्याण मावि, मत्स्यनारायण मावि र बज्रबाराही मावि परीक्षा केन्द्रमा तोकिएको छ । तीन परीक्षा केन्द्रमा ७ सय २६ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुँदैछन् ।
थाहानगर बाहेक भीमफेदी, कैलाश र इन्द्रसरोवर गाउँपालिकाका केहि विद्यालयहरुको परीक्षा केन्द्र पनि थाहा मै परेको छ । थाहाको बज्रबाराही माविको परीक्षा केन्द्र भने इन्द्रसरोवरमा परेको छ । जनकल्याण मावि परीक्षा केन्द्रमा इन्द्रायणी मावि आग्रा, लेकाली बसीफाट मावि भीमफेदी, झम्केश्वरी मावि पालुङ, व्यास मावि गोगने, सरस्वती मावि आग्रा, कमलादेवी मावि डाडाखर्क, मत्स्य नारायण मावि पालुङ, पालुङ इङ्लीस स्कुल पालुङ, पालुङ भ्याली हार्ट एकेडेमी पालुङ र पालुङ मोडर्न इङ्लिस मिडियम स्कुल पालुङका २८२ परीक्षार्थीहरु परीक्षामा सामेल हुँदैछन् ।
यसैगरी मत्स्य नारायण माविमा जनकल्याण मावि पालुङ, जनकल्याण मावि (प्राविधिक) पालुङ, सुन्दरीदेवी मावि आग्रा, सुन्दरीदेवी मावि (प्राविधिक) आग्रा, हिमालयन इङ्लिस सेकेन्डरी स्कुल पालुङका १ सय ८८ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुँदैछन् ।बज्रबाराही माविमा बागेश्वरी मावि टिष्टुङ, सुनौला मावि कुन्छाल, सरस्वती बालबोधिनी मावि मार्खु, स्वच्छन्द्र भैरव मावि चित्लाङ, नाटेश्वर मावि टौखेल, इअन बोडिङ स्कुल बज्रबाराही, सरस्वती बिद्या मन्दिर इङ्लिस स्कुल बज्रबाराहीका २ सय ५६ जना परीक्षार्थीहरु सहभागी हुनेछन् ।
यसैगरी बज्रबाराही माविका ४६ जना परीक्षार्थीहरु भने सरस्वती बालबोधिनी मावि मार्खु परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् । सबै परीक्षा केन्द्रहरु पूर्ण रुपमा व्यवस्थित भइसकेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले जनाएको छ । परीक्षा विहान ८ बजेदेखि हुनेछ ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्