स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको सुर्य चुनाव चिन्हबाट निर्वाचन लड्ने सहमति गरेको राप्रपा नेपालका नेताहरुले आज नेकपा एमालेका नेताहरुसँग औपचारिक भेट गरेका छन् ।
नेकपा एमाले पार्टी कार्यालय हेटौँडामा भएको भेटमा यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुने तालमेलको विषयमा छलफल भएको थियो । बैठकमा जिल्लामा गठबन्धनलाई बलियो र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो । गठबन्धनको निष्कर्षमा पुग्नका निमित्त तथ्यसंगत ढंगबाट छलफल थप अगाडी बढाउने दुवै पार्टीका प्रतिनिधिबीच सहमती भएको छ ।
बैठकमा एमाले मकवानपुरका सह–इञ्चार्ज एवम् प्रतिनिधिसभा सांसद कृष्णप्रसाद दाहाल, केन्द्रिय सदस्य एवम् प्रदेशसभा सांसद जुनेली श्रेष्ठ, अध्यक्ष एकालाल श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा र राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, केन्द्रिय सदस्य बालकृष्ण कार्की, मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटा, मकवानपुर १ (ख) अध्यक्ष दामोदर वाग्ले लगायतको सहभागी रहेका थियो ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्