नेकपा माओवादी केन्द्रले आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडा उपमहानगरपालिकाको मेयरमा दाबी गरेको छ । सत्तारुढ गठवन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा माओवादी केन्द्रले हेटौँडा उपमहानगरपालिकामा दाबी गरेको हो ।

बैठकमा माओवादी नेता वर्षमान पुनले भरतपुर महानगरपालिका सहित चारवटा उपमहानगरपालिकमा दाबी गरेका हुन् । पुनले हेटौँडा सहित जितपुर सिमरा, घोराही र धरान उपमहानगरपालिका माओवादी केन्द्रले पाउनुपर्ने बताएका हुन् ।

यसैबीच मकवानपुरको हेटौैँडा उपमहानगरपालिकाको सन्र्दभमा नेपाली कांग्रेसले कुनैपनि हालतमा नेतृत्व नछाड्ने पाँच दलीय संयन्त्र मकवानपुरका अध्यक्ष तथा नेपाली कांग्रेसका सभापति बुद्ध लामाले बताए ।
उनले उम्मेद्वार चयन प्रक्रिया पार्टीको नीति, विधि बमोजिम हुने बताए । हेटौँडामा नेपाली कांग्रेस गत स्थानीय तहको निर्वाचनमा समेत झिनो मतले पराजित भएको भन्दै लामाले हेटौँडाको सन्र्दभमा कांग्रेसको उम्मेद्वारनै मेयर हुनेमा आफुहरु पूर्ण विश्वस्त रहेको भन्दै उनले यो विषय गठवन्धनका अन्य दलले समेत बुझेको बताए ।

वडा तहमा वडाध्यक्ष सहित सबै चारजना वडासदस्य एउटै दलको चुनावचिन्हबाट लड्दा त्यो वडामा अन्य दलको अस्तित्वनै सकिन्छ नि भन्ने खबरब्रेकको प्रश्नमा लामाले भने ‘ यो गठवन्धन कुनै बैचारिक हैन नि, यो त चुनाव जित्न गरिएको गठवन्धन हो, त्यसैले चुनाव जित्न यस्ता काम गर्नु आवश्यक्ता त हो नि, नत्र चुनाव हारिन्छ ।’

त्यसोतः स्थानीय तह बाँडफाँडमा कुरा नमिले पछि मकवानपुरमा पाँच दलीय गठवन्धनको बैठक स्थगित भएको छ । गठवन्धनको बैठकमा पाँच दलले गरेको दाबीमा सहमति नजुटेपछि बैठक स्थगित भएको पाँच दलीय संयन्त्र मकवानपुरका अध्यक्ष तथा नेपाली कांग्रेसका सभापति बुद्ध लामाले बताए ।
लामाले भने ‘बैठकमा सहमति नजिक–नजिक पुग्छौ, तर फेरि कुरा मिल्दैन, गठवन्धनको दलहरुको प्रत्येक दिनजसो नयाँनयाँ सर्कुलरको कारण समस्या भएको जस्तो लागेको छ ।’ मकवानपुरको बहुमत स्थानीय तहमा आफुहरुको दाबी रहेको भन्दै उनले गठवन्धनको बैठक अब दुईदिनपछि हुनसक्ने बताए ।

पालिका प्रेस
थप जानकारी