नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पालुङ अन्तर्गतका क्षेत्रमा ४ वैशाखबाट दैनिक ८ घण्टा विद्युत अवरुद्व गर्न थालेको छ । पालुङ वितरण केन्द्रले २ वैशाखमा सूचना जारी गरी मर्मतसंभार भन्दै विद्युत अवरुद्ध गर्न थालेको छ ।

हाललाई बैशाख २० गतेसम्म प्रत्येक दिन विहान ५ बजेदेखि १० बजेसम्म र अपरान्ह ४ः३० देखि ६ः३० बजेसम्म अवरुद्ध हुने सूचनामा उल्लेख छ । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रअन्तर्गत धोर्सिङ सब–स्टेशनबाट वितरित धोसिङ –कुलेखानी ड्याम साईड, ड्याम साइड देखि कोगटे खोला सिस्नेरीसम्म र ड्याम साइड देखि सवस्टेशन मार्खु सम्मको ११ के.भी. लाईनमा रहेको कण्डक्टर अपग्रेडिङ कार्य गर्न सो अवधिमा बिद्युत अवरुद्ध गरिन लागेको पालुङ प्रमुख बिरमान रास्कोटीको प्रतिक्रिया छ ।

सार्वजनिक बिदाका दिनमा भने विहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म र अपरान्ह ३ बजेदेखि ६ः३० बजेसम्म बिद्युत अवरुद्ध गरि सो कार्य गरिने प्राधिकरण पालुङले जनाएको छ ।

तर यो समस्या लोडसेडिङ भन्ने गुनासो बढेपनि प्राधिकरणले काम भैरहेको जनाएको छ । सूचनामा उल्लेख भएभन्दा बढि समय विद्युत अवरोध हुन थालेको छ । ठेकेदार कम्पनीले पहिलो दिन ४ वैशाखमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समय विद्युत अवरुद्ध गरेको छ । अप्ठेरो ठाउँमा काम भैरहेको भन्दै ठेकेदार कम्पनीले तोकिएभन्दा बढी समय विद्युत अवरुद्व गरको प्रतिक्रिया दिएको छ ।

पालिका प्रेस
थप जानकारी