निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान संचालन नगर्ने भएको छ । अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घरदैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष घरदैलो अभियान संचालन नगर्ने जनाएको हो ।
मतदाता शिक्षाका लागि खटाइएकाहरु कुनै न कुनै राजनीतिक दल वा उम्मेदवारसँग निकट हुने र उनीहरुले मतदातालाई प्रभाव पार्न सक्ने भएकाले पनि यस वर्ष घरदैलो अभियान संचालन नगर्ने भएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, यस वर्ष मतदान स्थलमै सूचना केन्द्र स्थापना गर्ने दुई दिन भोट हाल्ने तरिका सिकाइनेछ । आयोगका कर्मचारीहरुको प्रत्यक्ष निगरानीमा मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाउने गरी संक्षिप्त कार्यक्रम गर्ने उनको भनाई छ ।
यस वर्ष घरदैलो अभियान संचालन नगरे पनि धेरै अडियो, भिडिओ सामग्रीहरु उत्पादन गरेर स्थानीय रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइन पोर्टल र सामाजिक सन्जालमार्फत् प्रकाशन प्रसारण गर्ने आयोगको नीति रहेको जनाएको छ ।



















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्