नेपाली काँग्रेस थाहानगर कार्य समितिका सचिव भीमसेन मुक्तानको निधन भएको छ ।

मकवानपुरको थाहा नगरपालिका वडा नं ७ चौबास निवासी मुक्तानको ५ वैशाख निधन भएको हो । केही समयदेखि बिरामी रहेका मुक्तानको अबस्था गम्भिर बनेपछि ५ वैशाख राति नै काठमाडौँ लैजाने क्रममा बाटोमा नै निधन भएको हो।

थाहानगर कार्य समितिका सचिव मुक्तानको निधनप्रति काँग्रेस थाहानगर समितिले दुःख व्यक्त गर्दै मुक्तानले पार्टी र समाजमा पु¥याएको योगदानको स्मरणीय भएको जनाएको छ ।

३६ वर्षीय मुक्तानको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको भन्दै काँग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशीले सचिव मुक्तानप्रति श्रद्धान्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन् । सुन्दरीदेवी माध्यामिक विद्यालय व्यवस्थापन समितिका सदस्य एवं विगतमा रेडियोकर्मी समेत रहेका मुक्तान गजलकारसमेत रहेका थिए । उनका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् ।

पालिका प्रेस
थप जानकारी