मकवानपुरगढीमा गाउँपालिका अध्यक्ष बिदुर हुमागाई लगायत वडाध्यक्ष,वडा सदस्य सहित २६ जनाले दिएको राजीनामा स्वीकृत भएको छ ।

गाउँपालिका अध्यक्ष , वडा अध्यक्ष लगायत २०७४ मा भएको स्थानीय निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधि मध्ये यहि ३० बैशाखमा हुन लागेको स्थानीय निर्वाचनमा फेरि उमेदवार बन्न लागेकाहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा गाउँपालिका अध्यक्ष बिदुर हुमागाई लगायत वडा नम्बर १,२,३,५,७ र ८ का ६ जना वडाध्यक्ष सहित २६ जनाले दिएको राजिनामा स्वीकृत भएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताएका छन् ।

निर्वाचन आयोगले जनप्रतिनिधिले राजीनामा दिएर मात्र फेरि उम्मेद्बार बन्न पाउने भनेकाले राजीनामा दिनुपरेको हो । निर्वाचन कार्यक्रम अनुसार भोलि ११ गते र १२ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

नामावलीः

पालिका प्रेस
थप जानकारी