मकवानपुरको बामगती गाउँपालिकामा ४ दिने रामनवमी मेला हुने भएको छ । आगामी चैत १३ गतेदेखि १६ गतेसम्म बागमती–८, फापरबारीस्थित रामजानकी मन्दिरमा मेला हुने भएको मेलाका संयोजक खड्कबहादुर पुलामीले जानकारी दिए ।
मेलाको तयारी पूरा भएको संयोजक पुलामीले बताए । स्थानीय धार्मिक मेला र व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए । २०३३ सालदेखि वार्षिकरुपमा हुँदै आएको उक्त मेला कोरोना माहामारीपछि सञ्चालन हुन सकेको थिएन । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति दिने पुलामीले बताए । मेलामा फापरबारी स्थानीय डान्सिङ आइडल कम्पिटिसन पनि हुने उनले बताए ।
मेलामा निःशुल्करुपमा अवलोकन गर्न सकिने जनाइएको छ
















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्