रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र गुट्खा बिक्री गरे ५० हजारसम्म जरिवाना हुने भएको छ । समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा सरसफाइ अभियानको १००औं श्रृंखला पुगेको अवसरमा नगरलाई गुट्खामुक्त क्षेत्र घोषणा गरिएको थियो ।

गएको चैत १ गते गरिएको घोषणा कार्यान्वयन गर्न नपाले सूचना जारी गर्दै १५ दिनभित्र त्यस्ता पदार्थहरु राखेका पसल तथा डिलरहरुबाट हटाउन आग्रह गरेको हो । चैत ७ देखि १५ दिनपछि नगरमा कुनै पसल वा डिलरहरुले गुट्खा बिक्री गरेको भेटिएमा जारिवाना गरिने सूचनामा उल्लेख छ ।

सूचनाअनुसार नियम उल्लङ्घन गरेको भेटिएमा डिलर व्यवसायीहरुलाई पहिलो पटक १० हजार, दोस्रो पटक २० हजार तथा तेस्रो पटक ५० हजार रुपैयाँ जरिवाना गरिनेछ । यसैगरी खुद्रा पसल तथा अन्य व्यवसायीका हकमा पहिलो, दोस्रो र तेस्रो पटक क्रमशः १ हजार पाँच सय, ३ हजार र ५ हजार जरिवाना गरिनेछ ।

पालिका प्रेस
थप जानकारी