मकवानपुर प्रहरीले थाहा नगरपालिका ८ चौतराबाट १०८ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ । ८ चैत्रमा स्थानीय ५७ वर्षीय लालबहादुर घलान र ५३ वर्षीय शेरबहादुर घलानको छुट्टा छुट्टै घरबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु दाजुभाइ हुन् ।
लागूऔषध गाँजा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले खानतलासी गर्दा लालबहादुरको घरबाट ४५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले लालबहादुरलाई प्रकाउ गरेको छ ।
यसैगरी, उनको भाइ शेरबहादुरको घरबाट पनि ६३ किलो गाँजा बरामद भएको छ । तर हाल शेरबहादुर फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्