अध्यक्ष: सुबिन्द्रमान प्रधान

ल्यायम्ह पुचः मकवानपुर शाखाको अध्यक्षमा सुबिन्द्रमान प्रधान निर्विरोध निर्वाचित भएका छन् । ११ चैत्रमा जेसीज हलमा सम्पन्न २८ औं साधारणसभाले प्रधानलगायत कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । शाखाको उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, सचिव मोहनदाश श्रेष्ठ, कोषाध्यक्ष अञ्जय प्रधान, सह–सचिव सुरेश श्रेष्ठ र सदस्यहरुमा नबिन्द्र प्रधान, आदर्श श्रेष्ठ, निराजन प्रधान र रोहित श्रेष्ठ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भूमिराज अवस्थीले जानकारी दिए ।

मोहनमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाको अवसरमा प्रमुख अतिथि थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले थाहामा २०५० सालको बाढीपहिरोले निम्त्याएको संकट पछि ल्यायम्ह पुचःको जन्म भएको स्मरण गर्दै समुदायलाई परिवर्तन गर्न सकिने कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिए । कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, पालुङ जेसीजका पूर्व अध्यक्ष मनोज रायमाझी, पुचःका केन्द्रीय कोषाध्यक्ष जर्म श्रेष्ठ, केन्द्रीय सदस्य भूमिराज अवस्थीलगायतले शुभकामना व्यक्त गरे ।

साधारणसभाले पालुङ जेसीजसंग सहकार्य गरेर युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा अन्तरक्रिया गरेको छ । पुचःले थाहा १ ओखरबजारमा सञ्चालित निःशुल्क एम्बुलेन्स सेवाको स्वामित्व र जिम्मेवारी लिने सम्बन्धमा समेत छलफल गरेको नवनिर्वाचित अध्यक्ष सुबिन्द्रमान प्रधानले बताए । वि.सं. २०५१ सालमा मकवानपुरमा शाखा विस्तार गरेको पुचःले थाहा १ को कालिका प्राविको विद्यालय भवन निर्माण, थाहा १ मै खाली डाडामा वृक्षारोपण गरि रमाइलो डाडा सामुदायिक वन उपभोक्ता समिति बनाइरहेको, विभिन्न पटक विषेशज्ञ सिविर सञ्चालन, खानेपानीमा सहयोग लगायतका कार्यहरु गर्दै आएको छ । पुचःको केन्द्रीय कार्यालय बागबजार काठमाडौंमा छ ।

पालिका प्रेस
थप जानकारी