राष्ट्रिय पोशाक दौरा सुरुवाल सिलाई पुनर्ताजगी तालिम हेटौंडामा सुरु भएको छ । नेपाल कपडा तथा सिलाइ व्यावसायी संघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा एक हप्ते निःशुल्क दौरा सुरुवाल तालिम सुरु भएको हो ।

नेपालीको पहिचान बोकेको नेपाली पोसाक दौरा सुरुवाल लोप हुदै जान थालेकाले यसको संरक्षण तथा प्रर्वधन गर्न तालिम आयोजना गरिएको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरका अध्यक्ष मेनका श्रेष्ठले बताइन् । नागरिकलाई तालिम प्रदान गरी स्वरोजगार एवम् आत्मनिर्भर बनाउने उदेश्यका साथ तालिम संञ्चालन गरिएको उनले बताइन ।नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरका अध्यक्ष मेनका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाका अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका सिग्देलले ब्यवसायीको सीप क्षमता वृद्धिका साथै राष्ट्रिय पोशाकको समेत संरक्षण हुने यस्ता कार्यक्रमबाट ब्यवसायिले धेरै भन्दा धेरै फाइदा लिन आग्रह गरेका थिए ।

प्रशिक्षक नारायण सिंह थिङले प्रदान गर्ने तालिममा महिला र पुरुष गरी २० जनाको सहभागीता रहेको छ । उक्त तालिममा सहभागी व्यक्तिहरुलाई हेटौंडा उपमहानगरपालिकाले रोजगारीको सुनिश्चितता गर्ने बताएको छ ।

पालिका प्रेस
थप जानकारी