फाइल फोटो

मकवानपुरको चित्लाङ हुँदै काठमाडौं जाने चित्लाङ–चन्द्राागिरी–थानकोट सडक १२ घण्टा बन्द हुने भएको छ । सडकको खाल्टा खुल्टी पुरी मर्मत गर्नुपर्ने भएकोले १६ चैत्र साँझबाट आवागमन बन्द गर्न लागिएको हो । सो सडक पानीघाट–देउराली खण्डको अधेरी खोल्सी–राम्चे खण्डमा मर्मत गर्न लागिएको स्थानीय पर्यटन व्यवसायी रामशरण नेपालले जानकारी दिए ।

सडक बन्द भएको जानकारी थाहा नगरपालिका ९ नम्बर वडा कार्यालयले सूचना जारी गरी सूचित गराएको छ । सडक मर्मत रातीमा गरिने व्यवसायी नेपालले बताए । उनले भने–‘आजराती मर्मत गरिनेछ, यदि सकिएन भने भोलि पनि रातमा काम गरी मर्मत सक्ने योजना छ, लामो समयका लागि बन्द गरिएको होइन ।’

बेलुका ६ बजेदेखि विहान ६ बजेसम्मको लागि सडक बन्द रहने सूचना प्राप्त भएको हुँदा सम्बन्धित सरोकारवालाहरुका लागि सूचना जारी गरेको ९ नम्बर वडा अध्यक्ष राजकुमार बलामीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी