माओवादी केन्द्र मकवानपुरका शालिन तथा पुराना नेता लोकनाथ गौतमले माओवादीको सम्पूर्ण जिम्मेवारी छाडेको बताएका छन् । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिभिसभा निर्वाचनको टिकट बाँडफाँडबाट असन्तुष्ट बनेका गौतमले पार्टी छाडेका हुन् ।
माओवादीमा एउटै ब्यक्तिलाई मात्र पटक–पटक अवसर दिईएको र युवा तथा नयाँ अनुहारलाई पछि पारिएको भन्दै आजको मितिबाट कुनै पद तथा जिम्मेवारीमा नरहनेगरि माओवादी छाडेको माओवादी केन्द्र मकवानपुरका जिल्ला समन्वय समितिका सदस्य समेत रहेका गौतमले बताए ।
पार्टीभित्र तानाशाहा प्रबृत्ति मौलाएको र एउटै ब्यक्तिलाई मात्र अवसर प्रदान गर्न माओवादीमा बसिरहन उपयुक्त नभएको भन्दै गौतमले पार्टी परित्याग गरेको बताए ।
-खबरब्रेकबाट

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्