यहि ४ मंसिरमा सम्पन्न प्रतिनीधि र प्रदेशसभा निर्वाचनको मत परिणाम बाहिरएसंगै निर्वाचित व्यक्तिहरुको विविध पक्षको समिक्षा हुन थालेको छ । यससंगै मकवानपुरबाट निर्वाचित २ प्रतिनीधिसभा र ४ प्रदेशसभामा निर्वाचित सांसदहरुको शैक्षिक योग्यता ‘अण्डर एसएलसी’ देखि ‘मास्टर्स’सम्म रहेको पाइएको छ । निर्वाचन आयोगले आफ्नो वेभसाइटमा सार्वजनिक गरेको उमेद्वारको वैयक्तिक विवरण (अनुसूची १०) मा उक्त शैक्षिक योग्यता सार्वजनिक भएको हो ।

आयोगले सार्वजनिक गरेको अनुसूची अनुसार विजयी उमेद्वार मध्ये १ जना अण्डर एसएलसी, २ जना ब्याच्लर, १ जना एसएलसी, १ जना प्रमाणपत्र तह र १ जना मास्टर्स शैक्षिक योग्यता रहेको छ ।

मकवानपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ मा निर्वाचित राप्रपाका दिपक बहादुर सिंहको शैक्षिक योग्यता ब्याच्लर रहेको उक्त अनुसूचीमा उल्लेख छ । वि.सं. २०१८ सालमा जन्मेका दिपक बहादुर सिंहको चुनाव चिन्ह हलो हो । मकवानपुर–२ बाट निर्वाचित महेश कुमार बर्तौलाको शैक्षिक योग्यता मास्टर्स रहेको छ । वि.संं २०३९ सालमा जन्मेका बर्तौला नेकपा एमालेको तर्फबाट प्रतिनीधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचत भएका हुन् ।

त्यस्तै मकवानपुर प्रतिनीधिसभा क्षेत्र नम्बर २ (१) बाट निर्वाचित नेकपा माओवादी केन्द्रका प्रेम बहादुर पुलामी ‘छिन्तु’को शैक्षिक योग्यता ‘अण्डर एसएलसी’ रहेको आयोगको वेभसाइटमा उल्लेख छ भने मकवानपुर–१ (२) बाट निर्वाचित नेकपा एमालेका एकालाल श्रेष्ठको शैक्षिक योग्यता ‘ब्याच्लर’ रहेको छ । त्यस्तै मकवानपुर प्रतिनीधि सभा क्षेत्र नम्बर २ (१) बाट निर्वाचित कुमारी मोक्तानको शैक्षिक योग्यता एसएलसी र मकवानपुर–२ (२) बाट निर्वाचित इन्द्रबहादुर बानियाँको ‘प्रमाण पत्र तह’ अर्थात प्लस टु सरह रहेको आयोगको वेभसाइटमा उल्लेख छ ।

हेर्नुहोस् अनुसूची फारमः

 

 

 

पालिका प्रेस
थप जानकारी