पित्तथैलीमा पत्थरीको उपचारपछि हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा काममा फर्केकी छिन् । नगर प्रमुख लामा २१ चैतदेखि काममा फर्केकी हुन् । १२ चैतमा काठमाडौंस्थित ओम अस्पतालमा लेजर प्रविधिबाट पत्थरीको उपचार गराएकी नगर प्रमुख लामा १९ चैतमा हेटौंडा फर्केकी हुन् । दुईदिन घरमै आराम गरेकी नगर प्रमुख लामा २१ चैतमा भएको नगर प्रमुखहरुको एकेडेमीले आयोजना गरेको भर्चुअल कक्षामा सहभागी भइन् ।

हेटौंडा–२ स्थित सिद्धार्थ माविमा स्नातक तहमा कानुन विषय पठनपाठन गर्ने, हेटौंडा–४ स्थित भुटनदेवी माविमा स्नातक तहमा सिभिल इन्जिनियरिङ विषय पठनपाठन गर्ने, फोहर व्यवस्थापनको विषयमा कोरियाली टोलीसँग भेटवार्ता गर्न ८ चैतमा काठमाडौं पुगेकी प्रमुख लामा तातोपानी पुगेर फर्किपछि स्वास्थ्यमा समस्या देखिएको थियो । आकस्मिकरुपमा स्वास्थ्यमा समस्या देखिएपछि नगर प्रमुख लामाले काठमाडौंस्थित ओम अस्पतालमा उपचार भएको थियो ।

अहिले स्वास्थ्य अवस्था सहज र सामान्य रहेको उल्लेख गर्दै नगर प्रमुख लामाले भनिन्–‘नियमित काममा फर्किएको छु । चिकित्सकले सतर्कताका साथ काम गर्न र दुई साता आराम गर्न भने बमोजिम बिस्तारै काममा फर्किएको छु ।ְ’ आफ्नो स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छा व्यक्त गर्नुहुने सम्पूर्णप्रति नगर प्रमुख लामाले आभार व्यक्त गरिन् ।

पालिका प्रेस
थप जानकारी