मिङमा फाउन्डेशन नेपालद्वारा थाहा १ टाहाखेलस्थित पन्चकन्या प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सो विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीलाई मिङमा फाउन्डेशन नेपालले शैक्षिक सामाग्री तथा माक्स, स्यानिटाइजर वितरण गरिएको छ।

२ माघमा विद्यालयमा पुगी फाउन्डेसनका अध्यक्ष मिङमा शेर्पा, फाउन्डेशनका सदस्य सुर्य पौडेल र ब्रायन श्रेष्ठले शैक्षिक सामाग्री हस्तान्तरण गरे ।

नेपाली काङ्ग्रेस थाहा नगरका नेता भरत गोपालीको सहकार्यमा विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण  गरिएको हो ।

पालिका प्रेस
थप जानकारी