स्थानीय सरकारका प्रतिनिधमूलक संस्थाहरू (गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघ)ले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । ३ माघ संयुक्त विज्ञप्ति जारी गर्दै तीन वटै संस्थाले स्थानीय तहको निर्वाचन प्रकि्रया तत्काल शुरु गर्न भनेका हुन् ।
संविधानले नै जनप्रतिनिधिविनाको स्थानीय सभा र कार्यपालिकाको व्यवस्था नगरेको र म्याद थपको पनि व्यवस्था नगरेकाले समयमै निर्वाचन गर्नुको विकल्प नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निर्वाचन आयोगले आगामी वैशाखभित्र निर्वाचन गर्ने गरी सुझाव दिएको छ । तर, सरकारले निर्वाचनको मिति तोकेको छैन् । यही बेला तीन वटै संस्थाले विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गरेका हुन् ।
संविधान र विद्यमान कानूनअनुसार स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र अनिवार्य रुपमा गरिसक्नु पर्नेछ’ विज्ञप्तिमा उल्लेख छ ।


















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्