महिला सशक्तिकरण तथा गरीबी निवारण समूह नेपालको आयोजना तथा राक्सिराङ गाउँपालिकाको आर्थिक सहयोगमा राक्सिराङका तीन वटा वडामा प्रस्ताव, प्रतिवेदन तथा माइन्यूट लेखन तालिम ९ वैशाखमा सम्पन्न भएको छ ।

महिला सशक्तिकरण तथा गरीबी निवारण समूह नेपालकी कार्यकारिणी निर्देशक इन्दिरा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा राक्सिराङ गाउँपालिका वडा नम्वर ९ का वडाध्यक्ष रामकुमार वाल्वा थिङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

राक्सिराङ एक त विकट ठाउँ । राक्सिराङका बासिन्दालाई बिल भरपाई, साधारण प्रस्ताव, प्रतिवेदन र माइन्यूट कसरी बनाइन्छ भन्ने कुरा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको न्यौपानेले जानकारी दिइन् । राक्सिराङ गाउँपालिका वडा नम्वर ८, ३, ९ का प्रति वडा ३० जना व्यक्तिलाई तालिम प्रदान गरेको आयोजकले जनाएको छ ।

प्रोपोजल राइटर टिका पौडेल र सन्तोष थापाले तालिम सहजिकरण गरेका थिए । कार्यक्रममा समाजसेवी मोहन नगरकोटीलगायतको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी