बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठ र संघीय सरकारका उपप्रधान एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ बीच भेटवार्ता भएको छ ।

संघीय मन्त्री महासेठ र प्रदेशका खानेपानी मन्त्री श्रेष्ठबीच पुल्चोकस्थित मन्त्रीनिवासमा भेटवार्ता भएको हो । भेटका क्रममा मन्त्री श्रेष्ठले हेटौंडा बाईपास सडकको पुर्णताको लागि उपप्रधानमन्त्री महासेठको ध्यानाकर्षण गराए । उपप्रधानमन्त्री एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री महासेठले आफ्नै कार्यकालमा हेटौंडा बाईपास सडकको सुरुवात भएको बताउदै यसको पुर्णताको लागि सकारात्मक रहेको बताए ।

छिट्टै नै बाईपास सडक निरिक्षणको लागि हेटौंडा आउने चाहना रहेको सुनाउदै उपप्रधानमन्त्री महासेठले उक्त सडकलाई आगामी वर्षको बजेटमा समावेश गर्ने प्रतिवद्द्ता समेत व्यक्त गर्नुभएको छ । उपप्रधानमन्त्री महासेठ र मन्त्री श्रेष्ठबीच हेटौंडा रिङरोड, अन्य क्षेत्रमा पुर्वाधार निर्माण योजना र खानेपानी क्षेत्रका विभिन्न विषयमा छलफल भएको थियो ।

पालिका प्रेस
थप जानकारी