उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालय बागमती प्रदेशको आयोजनामा समिक्षा तथा आगामी आर्थिक वर्षको योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । १२ वैशाखमा हेटौंडामा चालू आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमासिक प्रगति समिक्षा एवम् आगामी आर्थिक वर्ष २०८१/०८२ को योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र १३ वटा जिल्लाका मन्त्रालय मातहतका कार्यालयहरुको कार्यालय प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियोे । कार्यक्रममा कार्यालयका प्रमुखहरुले आफ्नो आआफ्नो कार्यालयको भौतिक अवस्था, राजस्व, चालू आर्थिक वर्षको कार्यक्रम तथ प्रगती विवरण देखि अनुगमनको क्रममा देखिएको समस्याहरु समेत प्रस्तुत गरेका थिए ।

त्यस्तै, उद्योग, वाणिज्य, भूमी तथ प्रशासन मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८१/२०८२ को नीति तथा कार्यक्रममा उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएको समस्याहरुको समाधान हुने र प्रभावकारी नयाँ योजनाहरु समावेश गर्न समेत आग्रह गरेका थिए ।

त्यस्तै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्र कुमार के.सी.ले मातहतको कार्यालयहरुले गर्ने अनुगमनमा दण्ड जरिवाना भन्दा पनि जनता तथा उद्योगीहरुलाई सचेतना प्रदान गर्न निर्देशन दिए । साथै कोशेली घरको बिषयमा भने कार्यविधि नै बनाएर अगाडि बढ्न आवश्यक रहेको बताए ।

उद्योग मन्त्रालयका सचीव राजेन्द्र कुमार के।सी को सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उद्योग मन्त्री प्रकाश श्रेष्ठ, १३ वटा जिल्लाका मातहतका कार्यालयका प्रमुखहरू, मन्त्रालयका महाशाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी