थाहा नगरपालिका वडा नम्बर ३ निवासी सुशान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २ फेदीगाउँको घाटदेवी आधारभुत विद्यालयका जेहेन्दार ५ विद्यार्थीहरुलाई विद्यालय पोशाक सिलाउने ज्याला सहित सहयोग गरेका छन् । सो अवसरमा पालुङ जेसीजले शैक्षिक सामाग्री समेत वितरण गरेको थियो ।
पालुङ जेसीज वर्ष २०२४ का जनसम्पर्क अधिकारी समेत रेहका गोपालीले १८ वैशाखमा विद्यालयमै पुगेर शैक्षिक सामाग्री प्रदान गरेको हो। कार्यक्रममा गोपालीसहित पालुङ जेसीजको पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
वडा नम्बर २ का वडना सदस्य अर्जुन कार्कीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर तामाङको विशिष्ट आतिथ्यतामा विद्यालयका प्रधानाध्यापक दिपक कार्कीलाई सामाग्री हस्तान्तरण गरिएको थियो। हस्तान्तरण कार्यक्रममा पालुङ जेसीज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझी, महासचिव बिक्रम गोपालीलगायत जेसीज पदाधिकारी तथा विद्यालयका शिक्षक विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्