चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले मध्यराति उद्धार गरेको छ ।

हिउँ खेल्न गएर फर्किने क्रममा जंगलको बाटोमा हराएका उनीहरूलाई प्रहरीले गएकाे मध्यराति फेला पारेर उद्धार गरेको हो । थानकोट प्रहरीका अनुसार उनीहरूले आफूहरूले बाटो भूलेको भनेर राति साढे आठ बजे घरमा खबर गरेका थिए । घरका अरु सदस्यहरूले प्रहरीमा जानकारी गराएपछि प्रहरी टोली परिचालित भएको थियो ।

साढे सात वर्षीया बालिकासहितका उनीहरूलाई प्रहरीले फेला पारेर घर पुर्‍याएको थियो । उनीहरू सबै सकुशल रहेका थानकोट प्रहरीले जनाएको छ।

पालिका प्रेस
थप जानकारी