निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मकवानपुरले एसईई २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विषयगत शिक्षकहरूलाई सम्मान गरेको छ । ४ साउनमा हेटौँडामा कार्यक्रमको आयोजना गरेर प्याब्सन मकवानपुरले जिल्लामा रहेका ३६ वटा संस्थागत विद्यालयका २५७ जना विद्यार्थीहरूलाई सम्मान गरेको हो। प्याब्सनले सम्मान गरेका विद्यार्थीहरूले एसइइ परीक्षामा ३.६ भन्दामाथि जिपिए हासिल गरेको मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले जानकारी दिए।
कार्यक्रममा जिल्लामै ४.० जिपिए प्राप्त गरेर सर्वोत्कृष्ट हुन सफल रीतिका छत्कुली र ३.९५ जिपिए ल्याई छात्रतर्फ उत्कृष्ट हुन सफल लखीन्द्रा मुखिया विनलाई विशेष सम्मान प्रदान गरिएको अध्यक्ष सुवेदीले बताए। प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले समग्र देशमा एसईईको नतिजा कमजोर रहेको अवस्थामा पनि मकवानपुरको नतिजा सन्तोषजनक रहेको बताए।
जिल्ला प्रथम रीतिका हेटौँडा २ मा रहेको बालजागृति इंग्लिस बोर्डिङ स्कुल र लखीन्द्र थाहा नगरपालिका बज्रबाराहीमा रहेको सरस्वती विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कूलबाट एसइइमा सहभागी भएका थिए। यस्तै ३।६ जिपिएमाथि ल्याएर सम्मानित हुनेहरूमा बालजागृति बोर्डिङका ३४, आधुनिक राष्ट्रिय माविका ३०, नवोदय शिशु सदनका २२, भुटानदेवी माविका १५, ज्ञानदीप माविका १५, ज्ञानोदय बालबाटिकाका नौजना लगायतका विद्यार्थीहरू छन्।
कार्यक्रमकी प्रमुख अथिति हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले समग्र जिल्लामै एसइइको नजिता सुखद नरहेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले शिक्षाको सुधारका लागि सर्वपक्षीय पहल आवश्यक रहेकोमा जोड दिइन् । स्थानीय सरकारले शिक्षामा सुधारका योजनासहित अगाडि बढिरहेको बताउँदै उनले सबैलाई हातेमालो गरेर अगाडि बढ्न आग्रह गरिन्।

















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्