गायक तथा संगीतकार सुरज पण्डितको स्वरमा नयाँ गीत भिडियोसहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘आउनु जिरीमा’ बोलको गीतमा शब्द सौरभ कार्की र सुरज पण्डीतको रहेको छ। लोक लयमा बनेको रोमान्टिक गीतको भिडियोलाई राजु भट्टले निर्देशन गरेका छन्।

मोहन जोशी र प्रिन्सा शाही फिचर्ड भिडियोको छायांकन बिजय भण्डारीले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन्। भिडियो गायक सुरजकै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। जिरीका रमणीय दृश्यहरु समेटेर तयार पारिएको भिडियोले जिरीको पर्यटकमा टेवा समेत पुग्ने निर्माण टिमले बिस्वाश लिएको छ।

हेर्नुहोस भिडियोः

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी