मकवानपुर थाहा नगरपालिकामा क्रियाशील थाहा जीवन योग प्रयोगशालाको पहलमा मकवानपुर जिल्लाको प्रसिद्ध धार्मिक स्थल ऋषेश्वर महादेव मन्दिर जाने बाटो तथा मन्दिर परिसर सरसफाइ गरिएको छ ।
१२ साउनमा योगगुरु देवेन्द्र रुपाखेती तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको अगुवाईमा मन्दिरको प्रवेश द्वारदेखि एक हजार मिटर बाटो तथा मन्दिर परिसर भित्र सरसफाइ गरिएको हो । ५० जना योग साधकहरुको सहभागितामा बाटो तथा मन्दिर सफाइ गरिएको योग गुरु देवेन्द्र रुपाखेतीले बताए।
साउन महिनाभर प्रत्येक साता नगरका विभिन्न मन्दिर परिसर सरसफाइ गर्ने योजना रहेको योग गुरु रुपाखेतीले जानकारी दिए ।



























































प्रतिक्रिया दिनुहोस्