नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले मानिसको अशान्त मनले कहिल्यै विकास संभव नहुने बताए । सभापति बानियाले जीवनका भोग्नुपर्ने अनेक कुरा मध्ये अभाव पनि एक भएको र अभावबाट नै तनाब सुरु हुने उल्लेख गरे । थाहा नगरपालिका वडा नम्बर २ मा भएको तीन महिने लामा तथा मणिपा प्रशिक्षण शिविरको समापन समारोहमा बानियाँले यस्तो बताएका हुन् । प्रशिक्षण नेपाल अहिंसाबादी बौद्ध धर्म विश्व शान्ति चक्र संघको आयोजना तथा मणीपा संघ फेदिगाउँको सहआयोजनामा भएको हो ।
उनले अशान्त मनहरुलाई शान्त पार्न नै भगवान बुद्धका वाणी र शिक्षा आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रमबाट शिक्षित ब्यक्तिहरुले प्राप्त शिक्षाद्वारा समाजमा ज्ञान फैलाउन र सभ्य समाज निर्माणमा भुमिका खेल्न बानियाँको विश्वास छ । ६ भाद्रमा भएको समापन समारोहमा थाहानगर प्रमुख विष्णु बहादुर बिष्टले सबै धर्म, संस्कृतिको संरक्षणमा लागि पर्न थाहा नगरपालिका प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा थाहा नगर वडा नम्बर२ का अध्यक्ष बम बहादुर सिन्तानले २ नम्बर वडाको सडक योजनाको लागि आवश्यक समन्वय गर्नको लागि आव्हान गर्दै काँग्रेस प्रदेश सभापति बानियाँतर्फ इङ्कित गरे । नेपाली काँग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सांसद इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यता तथा मणीपा संघ फेदिगाउँका अध्यक्ष वीर बहादुर मोक्तानको अध्यक्षतामा सम्पन्न समारोहमा नेपाल अहिंसाबादी बौद्ध धर्म बिश्वशान्ति चक्र संघका केन्द्रिय महासचिव गुरु प्रेम दोर्जे बल लामाको विशिष्ठ आतिथ्यता रहेको थियो।
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा, नेकपा एमाले नगर इन्चार्ज बिमल ढकाल, एकीकृत समाजवादीका नगर अध्यक्ष सुरेन्द्र मगर, वडा नम्बर ५ का अध्यक्ष बिष्णु बहादुर गुरुङ, ७ का अध्यक्ष शिवराज थिङ, कार्यपालिका सदस्य सविता सुनार, रितु कार्कीलगायत लामा गुरुहरु, आनीहरु तथा स्थानीयको उपस्थिति रहेको थियो।
समस्त प्राणीको उद्दार, राष्ट्रको कल्याण, बिश्व शान्ती तथा आफ्नो भाषा, लिपि, धर्म, संस्कृतिको संरक्षण र विकासको लागि १२ जेठबाट फेदीगाउँ स्थित सामुदायिक भवनमा संचालन गरिएको प्रशिक्षणमा ६० जनाले सहभागिता जनाएका थिए।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्