श्रीकृष्णजन्माष्टमीको अवसरमा मकवानपुर थाहा नगरपालिकामा लाइभ दोहोरी कार्यक्रमको आयोजना गरिएको छ ।

१० भाद्र दिउँसो ३ बजेपछि शिखरकोट स्थित फल्चा परिसरमा लाइभ दोहोरी कार्यक्रम आयोजना गरिएको आयोजक शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिए । गतवर्षहरुमा भन्दा फरक आकर्षणसहित यस किसिमको कायृक्रम राखिएको अध्यक्ष रायमाझीले जानकारी दिए ।

लाइभ दोहोरीमा कलाकारहरु अजित लोप्चन, प्रिति घर्तीमगर, शितल कल्पना, दीपराज खत्री, सुनिल नेपाल, विश्वराज अधिकारी र रुपचन्द्र सापकोटा रहने आयोजकले जनाएको छ । यसको तयारी पूरा भएको शिखर क्लबले जनाएको छ ।

पर्यटकीय तथा सांस्कृतिक नगरी थाहामा इन्द्रायणी र बज्रवाराहीमाइको जात्रापछि सबैभन्दा बढी भीड लाग्ने शिखरकोटको कृष्ण जात्रामा नै हो । वि.सं. २०५४ सालदेखि निरन्तर रुपमा शिखरकोट बजार व्यवस्थापन समिति र शिखर क्लबको आयोजना तथा गोपाली गाउँको नेवारी संस्कृतिको साँस्कृतिक सहयोगमा आयोजना हुँदै आइरहेको २४ औं घैंटो फुटाउने जात्रा सम्पन्न गर्न थाहा नगरपालिकासहित ८ वटा संस्था जुटेका छन् ।

मेलाको थाहा नगरपालिका, बजार व्यवस्थापन समिति शिखरकोट, शिखर क्लब, गोपाली समाज, नवजागृत पुस्तकालय, फरकसोच, दामन चेली समाज र ब्याडमिन्टन संघ थाहा नगरपालिका आयोजक रहेका छन् । मेलाको मुख्य प्रायोजक यति ब्रुअरी र अर्ना रहेको छ । मेलालाई प्रचारप्रसारमा विशेष सहयोग गर्नका लागि अफिसियल मिडियाहरु समेत तोकिएका छन् । पालिका प्रेस डटकम, थाहापाटी, थाहा टाइम्स, रेडियो दामन, सत्मार्ग मिडिया र टिम टेलिभिजन मेलाका अफिसियल मिडिया हुन् । बिगतका वर्षमा भन्दा यो वर्ष बिशेष चहलपहल हुने अनुमान गरिएको छ ।

पालिका प्रेस
थप जानकारी