श्रीकृष्णजन्माष्टमीको अवसरमा मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा लिटिल लाखे र राधाकृष्ण प्रदर्शनी हुने भएको छ ।

१० भाद्र दिउँसो कार्यक्रम हुने आयोजक शिखर क्लबले जनाएको छ । लिटल राधाकृष्णसहित लिटल लाखे, धिमे बाजा र तामाङ ढ्याङग्रो झाँकीसहित महिला पञ्चेबाजा र खैंजेडी भजन प्रदर्शनी हुने क्लबका अध्यक्ष विश्व अर्यालले जानकारी दिए ।

मेलाको थाहा नगरपालिका, बजार व्यवस्थापन समिति शिखरकोट, शिखर क्लब, गोपाली समाज, नवजागृत पुस्तकालय, फरकसोच, दामन चेली समाज र ब्याडमिन्टन संघ थाहा नगरपालिका आयोजक रहेका छन् । मेलाको मुख्य प्रायोजक यति ब्रुअरी र अर्ना रहेको छ ।

मेलालाई प्रचारप्रसारमा विशेष सहयोग गर्नका लागि अफिसियल मिडियाहरु समेत तोकिएका छन् । पालिका प्रेस डटकम, थाहापाटी, थाहा टाइम्स, रेडियो दामन, सत्मार्ग मिडिया र टिम टेलिभिजन मेलाका अफिसियल मिडिया हुन् । बिगतका वर्षमा भन्दा यो वर्ष बिशेष चहलपहल हुने अनुमान गरिएको छ ।

पालिका प्रेस
थप जानकारी