थाहा नगरस्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको पहिलो दिनको खेलमा चार टिमले खेल जितेको छ । प्रतियोगिताको उद्घाटन खेलमा सन्तोष कार्की र सुनिल विष्टको टिमलाई पराजित गर्दै रोशन गोपाली र घनश्याम श्रेष्ठको टिम विजयी भएको छ ।

दोस्रो खेलमा सुशान्त श्रेष्ठ र अनिल विष्टको टिमलाई पराजित गरी नारायण विष्ट र हरि विष्टको विम विजयी भएको छ भने भुवन रायमाझी र कपिल केसीको टिमलाई पराजित गरी नरेन्द्र मोक्तान र देव अर्यालको टिम विजयी भएको छ । त्यस्तै सांगे लामा र कुमार रायमाझीको टिमलाई पराजित गरी इसाक केसी र नरेन्द्र लामाको टिम विजयी भएको पालुङ जेसिज अध्यक्ष निरज रायमाझीले जानकारी दिए ।

थाहा नगरपालिकाको क्याम्पाडाँडा स्थित कबर्डहलमा १३ भाद्रबाट शुरु भएको प्रतियोगिताको थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले उद्घाटन गरेका थिए । कार्यक्रममा उपप्रमुख भरत गोपाली विशिष्ट अतिथी रहेका थिए । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्व अध्यक्षहरुलगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम पालुङ जेसिज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको हो ।

प्रतियोगितामा १३ टिमले सहभागिता जनाउने पालुङ जेसिज वर्ष २०२४ का अध्यक्ष रायमाझीले जानकारी दिए । पालुङ जेसीजले पहिलो पटक डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको अध्यक्ष रायमाझीले जानकारी दिए । खेलको माध्यमबाट समाजमा रहेका युवालाई जागरुक बनाई समाजमा क्रियाशील राखी समाज निर्माण, समाजको समृद्धि र विकासमा सहयोग हुने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जेसीजका अध्यक्ष रायमाझीले बताए ।

प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका लागि प्रथम पुरस्कार स्वर्गीय रणबहादुर रायमाझीले प्रायोजन गर्ने भएका छन् । स्वर्गीय रणबहादुर पालुङ जेसीजका अध्यक्ष निरजका हजुरबुवा हुन् ।

प्रतियोगिता फरक सोच र थाहानगर ब्याडमिन्टन संघको समन्वयमा भएको हो । प्रतियोगिताको फाइनल खेल भाद्र १५ गते हुने आयोजकले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी