मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ की ३६ वर्षीया नानुमाया तितुङलाई १६ चाद्रमा बकैया खोलाले बगाएर भएकी छिन् । निजगढबाट बकैया फर्कने क्रममा खोलाले बगाएर नानुमाया बेपत्ता भएको बकैया–६ का वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिए।
भोम्जनका अनुसार, खोला तर्नेक्रममा उनलाई बगाएको तराई–मधेस फास्ट ट्रयाकमा काम गर्ने मानिसहरूले देखेका थिए। नानुमायाका छोरा छिरिङ तितुङ वैदेशिक रोजगारीका लागि विदेश जान लागेका थिए। १५ भाद्रमा श्रीमान् र छोराको साथमा गाडि चढेर उनी निजगढ गएकी थिइन्। श्रीमान् राजकुमार तितुङ र छोरासँगै १५ भाद्रमा निजगढमै बास बसेका थिए। आफन्तको बास बसेका उनीहरूले १६ भाद्रमा आ–आफ्नो गन्तव्यतर्फ लाग्ने सोच बनाए।
सोही अनुसार १६ भाद्र बिहानै नानुमायाले छोरालाई बिदाइ गरिन् । राजकुमार भने प्लेन चढाउनका लागि छोरोसँगै काठमाडौँ जाने तयारीमा जुटे। नानुमाया हिँडेरै घर फर्किइन्। लामो बाटो छिचोलेर गाउँ आइपुग्नै लागेकी उनलाई बकैया खोलाले बगायो। ‘बिहानैदेखि परेको अविरल बर्षाका कारण बकैया खोलाको बेग निकै ठूुलो थियो,’ वडाध्यक्ष भोम्जनले भने, ‘खोला तर्ने क्रममा बगाएछ । फास्ट ट्रयाकमा काम गर्ने मानिसहरूले देखेका रहेछन्। बचाउन खोजेछन् तर सफल भएनन्।’
उता, राजकुमार पनि छोरो लिएर काठमाडौँ जान नभ्याउँदै कुकुरको टोकाईबाट घाइते भएका छन् । बिहान सबेरै कुकुरले टोकेपछि निजगढमै अल्मलिएका राजकुमारले श्रीमतीलाई खोलाले बगाएको खबर पाएका पाए। छोरो छिरिङ वैदेशिक रोजगारीका लागि साउदी अरब जान लागेका थिए। १७ भाद्रको फ्लाइटमा साउदी जान हिँडेका छिरिङ आमालाई बगाएको खबरले गाउँमै फर्कँदै गरेको वडाध्यक्ष भोम्जनले जानकारी दिए।
घटनास्थलमा यतिबेला सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी लगायतको टोलीले खोजी गरिरहेको छ। खोलाको बहावका कारण खोजी कार्यमै सकस भइरहेको प्रहरीले बताएको छ

















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्