नेकपा एमाले थाहानगर कमिटीको चौथो पूर्ण बैठकले वार्षिक कार्ययोजना पारित गरेको छ । १६ भाद्रमा सम्पन्न कमिटीको बैठकमा अध्यक्ष सुरेन्द्रमान प्रधानले प्रस्तुत गरेको वार्षिक कार्ययोजना सर्वसम्मत पारित गरेको हो । कार्ययोजनामा टोल कमिटीदेखि नगरस्तरीय बैठक, भेला, प्रशिक्षण, भेटघाट, घर फर्क अभियान, विकास निर्माण, जनसरोकार, सुशासनलगायतका विषयहरु समावेश छन् ।
बैठकले आर्थिक वर्ष २०८०/०८१ को आयव्यय अनुमोदन गर्दै आर्थिक वर्ष ०८१/०८२ का लागि ७ लाख ८५ हजार २६५ रुपियाँको अनुमानि आयव्यय पारित गरेको छ । ३२ साउनमा सम्पन्न नगर सचिवालय बैठकले गरेका निर्णयहरु अनुमोदन गर्दै नगर सदस्यमा मनोनीत सदस्यहरु धर्मलाल प्रधान, कृष्णमाया केसी, केदार विष्ट, कमल कार्की, सानुकान्छा थिङ, उत्तम गोपाली र कृष्ण बलामीलाई पद तथा गोपनियताको शपथ ग्रहण समेत गराएको छ ।

बैठकमा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईञ्चार्ज रामेश्वर रानाले गठबन्धनका कारण दुई पटक नगर प्रमुख र उपप्रमुख पराजित हुनु परेको भन्दै अब २०८४ को निर्वाचनमा कुनै पनि कारण हार्ने छुट नभएको बताए । बैठकमा एमाले केन्द्रीय सदस्य, मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ क ईञ्चार्ज एवम् सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौलाले विकास निर्माणसंग जोडिने कार्यक्रमहरुमा केन्द्रीत हुन निर्देशन दिए ।
बैठकमा बागमती प्रदेश सदस्यहरु बलराम बल, नारायण रिजाल, जिल्ला कमिटी सदस्यहरु शशीधर सुवेदी, बिमल कुमार ढकाल, नगर उपाध्यक्ष हेम कुमार थिङ्लगायतले मन्तव्य राखे । बैठकमा वडा ईञ्चार्ज तथा वडा कमिटी अध्यक्षहरु, जनवर्गीय संगठनका अध्यक्षहरुले दुई महिनाको रिपोर्टिङ गरेका थिए ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्