सामाजिक सञ्जालमा आफ्नो पाटी संवद्ध सन्देश गतिविधि समेटेर स्टासहरु राख्ने र प्रतिक्रिया लिने चलनतल्तीकै अभ्यास हो । पार्टी गतिविधिहरु सञ्चालन गर्ने, तिनका समाचारहरु र फोटोहरु त नेताहरुले शेयर गरेकै हुन्छन् । तर पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगमा ‘फलो/अनफलो’ नयाँ ट्रण्ड बन्न पुगेको छ । यसै साता खुलेआम रुपमै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र काठमाण्डौंका नगर प्रमुख बालेन्द्र शाहको बीचमा यहि देखियो,–‘फलो/अनफलो’ ट्रेण्ड।
केन्द्रिय तहमा यो चर्चा चलिरहँदा यसको तरंङ्ग स्थानीय क्षेत्रसम्म पुगेको देखिन्छ । चिया पसल, चोक अनि सानोतिनो भेलामा समेत ‘फलो/अनफलो’ का कुराहरु गरेको पाइन्छ ।
त्यसो भए थाहा नगरपालिकाका पालिकास्तरका राजनीतिक दलका नेताहरुको चाहिँ ‘फलोअर्स’ कति होलान् ? यो तपाइ हामी सबैले सजिलै थाहा पाउन सक्छौं । नेताहरुको ‘एक्टिभ’ फेसबुक प्रोफाइल हेर्ने सजिलै पत्ता लागिहाल्छ ।

थाहा नगरपालिकाका राजनीतिक नेतृत्वहरुको फेसबुक प्रोफाइल अनुसार नेकपा एमाले सबैभन्दा अघि देखिन्छ । नेकपा एमालेका थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानको दुई वटा फेसबुक आइडी सक्रिय देखिन्छ । उनको एउटा आइडीमा ५ हजार ७ सय फलोअर्स देखिन्छ । उनले सोही आइडीबाट अरु ४ सय २४ जनालाई फलो गरेका छन् । उनको अर्को आइडीमा फेसबुक फलोअर्स ५ हजार रहेको छ । उनले अन्य व्यक्तिलाई सो आइडीबाट फलो गरेको संख्या भने जम्मा १ सय ६२ जना रहेको छ ।
दोस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । नेकपा माओवादी केन्द्र थाहानगरका अध्यक्ष बिनोद लामाको फलोअर्स संख्या ५ हजार ४ सय देखिएको छ । उनको प्रोफाइलबाट अन्य कसैलाई पनि फलो गरेको देखाएको छैन ।
प्रमोद जोशी । उनी नेपाली काँग्रेसका थाहानगर सभापति हुन् । उनी पनि फेसकुमा एक्टिभ छन् । सामाजिक सञ्जालमा उनको दुई वटा आइडी देखिन्छ । एउटा फेसबुकमा २ सय १४ जना साथी छन् भने अर्को आइडीमा २ हजार ४ सय फलोअर्स छन् । उनले ३ सय ९ जनालाई फलो गरेका छन् । यो आइडी सभापति जोशीको बढि एक्टिभ देखिन्छ । उनी नगरका नेताहरु मध्ये तेस्रो स्थानकाे फलोअर्स भएको नेता हुन् ।
राप्रपा थाहानगर अध्यक्ष नविन रायमाझीको ३ हजार ६ सय फेसबुक साथी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी थाहानगरका सभापति जयराम खत्रीको फेसबुक साथी नै २ हजार ४ सय मात्र रहेको छ । नेकपा एकीकृत संघीय समाजवादी थाहानगर अध्यक्ष सुरेन्द्र थापामगरको फेसबुकमा मेचुवल फ्रेण्ड मात्र देखिने गरी सेटिङ गरिएको छ ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्