मकवानपुर थाहानगर स्थित इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक (इन्सपेक्टर) श्याम थापा मगरलाई विदाई गरिएको छ । थाहा नगरपालिकाले २६ भाद्रमा एक कार्यक्रमको आयोजना थापालाई विदाई प्रमुखको रुपमा पालुङ आएका इन्सपेक्टर सविन बाबु अर्याललाई स्वागत गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख विष्णु बहादुर विष्टले विदाई हुँदै गरेका श्याम थापामगरको सहकार्य र समन्वयको कार्यको प्रशंसा गरे । नगरपालिकाले व्यवस्थापन गर्ने हरे क्रियाकलापमा थापाले पु¥याएको योगदानको विष्टले कदर गर्दै थप सफलताको शुभकामना दिए । सो अवसरमा भर्खरै आएका अर्याललाई स्वागत गर्दै इलाका प्रहरी कार्यालय संग नगरपालिका सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे । उनले सबैको साथ र सहयोगबाट नै शान्ति सुरक्षा कायम गर्न सकिने धारणा राखेका थिए ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, नेपाली काँग्रेस थाहानगर सभापति प्रमोद जोशी, नेकपा एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, पालुङ जेसिज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझी, थाहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष राजनभक्त श्रेष्ठलगायत नगरपालिकाका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो । सो अवसरमा राजनीतिक दल तथा पालिका र संघसंस्थाले मायाँको चिनो प्रदान गरेका थिए ।

इलाका प्रहरी कार्यालय पालुङमा करिब १ वर्ष १७ दिनमा १७ भाद्रमा थापाको सरुवा भएको थियो । उनी २०८० साउन ३० गते इलाका प्रहरी कार्यालय पालुङमा प्रहरी वृत्त बानेश्वर अपराध नियन्त्रण शाखाबाट सरुवा भई आएका थिए । थापा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय पिलर १ हत्या, राज्य विरुद्धको अपराध, मानव बेचविखन, लागू औषधमा सरुवा भएका हुन् ।

थाहानगरको स्थित इलाका प्रहरी कार्यालय पालुङमा भने अर्याल नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय विपद व्यवस्थापन जर्गाह पश्चिम नवलपरासीबाट सरुवा भई आएका हुन् । उनको पनि १७ भाद्रमै सरुवा भएको हो ।

पालिका प्रेस
थप जानकारी