मकवानपुरको थाहा नगरपालिकाले उत्कृष्ट मायाँको चिनो डिजाइन गर्नेलाई २५ हजार पुरस्कार दिने भएको छ । नगरपालिकाले २७ भाद्रमा सूचना प्रकाशन गरी डिजाइन आव्हान गरेको हो । २७ गतेको मितिले १५ दिनसम्म नगरपालिकाको प्रशासन शाखामा नमुना डिजाइन बुझाउन सकिने सूचनामा उल्लेख छ ।
विभिन्न स्थानीय तहमा सिकाइ भ्रमणमा जाँदा तथा नगरपालिकामा अतिथीको रुपमा आउनु भएका विशिष्ठ व्यक्ति, संस्था, जनप्रतिनीधिहरु, कर्मचारी तथा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई नगरपालिकाको पहिचान झल्कने किसिमको मायाँको चिनो प्रदान गर्नका लागि नमुना संकलनबाट प्रतिस्पर्धाका आधारमा गर्ने निर्णय हुने सूचनामा उल्लेख छ ।
पुरस्कृत मायाँको चिनोको कपीराइट थाहा नगरपालिकाको हुने सूचनामा उल्लेख छ । पुरस्कार रकम २५ हजार कर सहितको रकम भएको समेत सूचनामा प्रष्ट पारिएको छ ।
हेर्नुहोस् सूचनाः

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्