नेकपा एमालेले काठमाडौं महानगरपालिका- १६ को वडाध्यक्ष उम्मेदवार टुंगो लगाएको छ । आज बसेको महानगर वडा कमिटी बैठकले लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार सिफारिस गरेको हो ।
तुलाधरको एकल नाम सिफारिस भएको जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।
आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । गएको निर्वाचनमा कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्